Sunday, April 28
Shadow

टोखामा आजदेखि कर सप्ताह अभियान शुरु


  • -इ
  • इ+

काठमाडौँ- टोखा नगरपालिकाले आइतबार(आज)देखि कर सप्ताह अभियान मनाउँदै छ । नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक कर सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको निर्णयअनुसार कर सप्ताह मनाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । पालिकाले असोज १४ देखि २१ गतेसम्म कर सप्ताह मनाउने छ ।

अहिले ७ बजेबाट शुरु हुने प्रभातफेरीमा व्यापक सहभागितासहित साता दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरेर कर दिवसलाई भव्यताका साथ मनाउने प्रमुख प्रशासकीय अधिकृत बिसिको भनाई छ ।

गत आर्थिक वर्षमा २४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको नगरपालिकाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घर बहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares