Saturday, May 4
Shadow

रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा


  • -इ
  • इ+

नुवाकोट, देउराली

१८ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को म्यागङ गाउँपालिकास्तरीय कार्यसमिति गठन गरिएको छ ।

आइतबार म्यागङको देउराली माने भञ्ज्याङमा आयोजित प्रथम पालिका भेलाले मंगलवहादुर तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो र भेलाले तामाङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

उक्त भेलाले उप–सभापतिमा देवचरण खड्कालाई चयन गरेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट बागमती प्रदेश सदस्य लक्ष्मी पाण्डेले बताएका छन् भने यस्तै,सचिवमा जसमान तामाङ र कोषाध्यक्षमा मसिना तामाङ चयन भएका छन् । सदस्यहरुमा जगतमान तामाङ, विसुर तामाङ, धन वहादुर तामाङ र नेमा तामाङ रहेका छन् ।

यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार मात्रै नुवाकोटको तारकेश्वर र किस्पाङ गाउँपालिकामा पालिकास्तरको कमिटि गठन गरिसकेको छ । पालिकास्तरमा गठन भएको समितिले वडास्तरमा वडा कमिटि गठन गर्ने तयारी गरेको छ ।

म्यागङ गाउँपालिका भेलामा प्रमुख अतिथि माननिय सन्तोष परियार ,केन्दीय सदस्य राम कृष्ण भट्टराई  साथै केन्दीय सदस्य रमेश प्रसाईको उपस्थितिमा सम्पन्न भएको र नुवाकोट निर्वाचन क्षेत्र नं. २ पालिका भेला सकिएको र नुवाकोट निर्वाचन क्षेत्र नं. १ को ३ गाउँपालिका बाकि रहेको (रास्वपा) नुवाकोट बागमती प्रदेश सदस्य पाण्डेले जानकारी दिइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares