Friday, April 26
Shadow

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ


  • -इ
  • इ+

काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो ।

नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए ।

वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थिति रहेको थियो ।

No description available.

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares