Saturday, March 18
Shadow

सुचना प्रविधि

नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

आर्थिक, समाचार, सुचना प्रविधि
RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए । 
हिमालय बैंकद्वारा न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालय बैंकद्वारा न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालन

ब्यानर समाचार 2, सुचना प्रविधि
हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट र अप्ठ्यारो बिना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सुविधाले बैंक​का ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।...
एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक २८ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ...
अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

आर्थिक, मुख्य समाचार, समाचार, सुचना प्रविधि
लक्ष्मण श्रेष्ठ भाद्र २२,काठमाडौं । अब आउने आईफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आईफोन १३ सार्वजनिक हूने भएको छ । उक्त फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न मिल्ने सिनेटले जनाएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्ष प्रडक्सन दिला भएको आईफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो बर्ष भने एप्पल पुरानै स्थितिमा आईफोन १३ रिलिज गर्ने तयारीमा रहेको छ । आईफोन १३ मा नयाँ फिचरको रुपमा फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न सुविधा प्रदान गर्न लागेको हो । लो अर्थ अर्विट (एल.इ.ओ)प्रयोग गर्ने एबिपि न्युजले आफ्नो साइटमा लेखेको छ । यसको लागि एप्पलले ग्लोवल स्टारसँग सहकार्य गरेको स्रोतले जानकारी दिएका छन् । गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ   &...
इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
३१ जेठ, हेटौंडा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र संचार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्ने बताए । उनले संचार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफुले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने बताए । संचारकर्मीहरूलाई लोककल्याणकारी विज्ञापन, फेलोसिप, अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । उनले संचारमाध्यमलाई उद्...
कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो । महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए । तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिल...
रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, फागुन ११ सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन् । मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल‘ ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । उनले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गरेका थिए र नयाँ टेलिभिजनमा सिधा कुरा… सार्वजनिक गरेका छन् । आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा… राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् । यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए ।...
सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

ब्यानर समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, फागुन १ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भएको बताए । संसद् विघटनसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारको कामको आलोचना भइरहेको अवस्थामा निर्देशिका ल्याउन लागिएको हो । निर्देशिका ल्याउने तयारीसँगै ...
इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, माघ २८ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र ९सिविन–नेपाल० ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका–किशोरीभन्दा झण्डै दोब्बर संख्यामा बालक–किशोरहरू रहेको देखाएको छ । नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीह...