Saturday, June 19
Shadow

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ


  • -इ
  • इ+

काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो ।

महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए ।

तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिले सामान्य मर्मत सुधार गरेर सेवा सञ्चालन मात्र गर्नेछौँ, वैशाखको पहिलो सातासम्म भारतको कोलकताबाट नेपाल टेलकमले मगाएको क्षमता वृद्घि गर्ने नयाँ मेशिन नेपाल आइपुगेपछि कर्णालीका विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौँ ।” उनका अनुसार वैशाखपछि कर्णालीबासीले गुणस्तरीय र तीव्र गतिको इन्टरनेट तथा भ्वाइस सेवा प्रयोग गर्न पाउने छन् ।

चार दिनदेखि सेवा नहुँदा कर्णालीबासीलाई मुख्यगरी बैंक तथा वित्तीय सेवा, राजस्व सङ्कलन, कार्यक्रम तथा योजनाको भुक्तानी गर्न समस्या परेको छ । इन्टरनेट नभएकै कारण नेपाल पे्रस काउन्सिलले सञ्चालन गरिरहेको ८० घण्टे अनलाइन पत्रकारिता तालिम प्रभावित भएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्