Thursday, April 25
Shadow

हिमालय बैंकद्वारा न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालन


  • -इ
  • इ+

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट र अप्ठ्यारो बिना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सकिनेछ ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  ।

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सुविधाले बैंक​का ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares