महेन्द्र अधिकारी
काठमाडौं, १० साउन । लोक दोहोरी गायक तथा सर्जक किरण गौतम र गायीका मनिषा घोरासैनीको नयाँ लोकदोहोरी गीत “बैनी हो” बजारमा सार्वजनिक भएको छ ।
किरण गौतमको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द र संगीत चर्चित लोक गायक नवराज घोरासैनीको रहेको उक्त गीतलाई मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ । उक्त दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा नितीन वाइबाको सह–निर्देशन रहेको छ । भिडियोमा निरेन श्रेष्ठ र जुनु एस डि लगायत अन्यको अभिनय देख्न सकिन्छ । राम केसीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काको रहेको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ । किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।
मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियोका गायक गौतम जनाएका छन् । “बैनी हो” गीतको भिडियोलाई गायक किरण गौतमको युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :-