“के को रुपान्तरण ?”
=========== रचना – योगेन्द्र घिसिङ
पुँजीपतिको
आँगनमा सयपत्री गोडन
लस्कर लाग्छौ!
तिम्रो
रुपान्तरणले यो यात्रा कता जान्छ ?
यहाँ
जमिनदार
हदबन्दीको कथा समाप्तिले
तिम्रो छाता
ओडेर जग्गा नाप्छन्।
उनीहरू
भुमिहिनलाई पशु भन्छन् !
तिम्रो रुपान्तरण –
गरिखानेको आँखालाई
प्लास्टिकको चस्मा त होइन ?
तिम्रो रुपान्तरण
बासि खानेलाई बर्गको लागि
सोफा वा गुन्द्री के दिन्छ ?
जरुर हेर्न धेरै बाँकी छ।