Friday, April 26
Shadow

हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौं,११ साउन । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक  हरि पाण्डे र लोकप्रिय लोक गायिका टिका सानुको आवाजमा रहेको ‘तुल्सीपुर बजारमा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

जबित परियारको शब्द रहेको गीतमा कुशल विश्वकर्माको संगीत रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको गीतलाई मिक्सिङ्ग खडक बाजुरालीले गरेका छन् ।  भिडियोमा राजकुमार मगरको सम्पादन रहेको छ । यस गीतको रेर्कडि मालाश्री डिजिटल स्टुडियो काठमाण्डौमा भएको हो ।

गीतलाई गायक हरि पाण्डे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भेगु पुनको निर्देशनमा रहेको तीज गीतमा जमुना केसी ,निरज राना,सुत्य कुँवर,सुमित्रा सुनार,रोमा परियार लगाएत अन्यको अभिनय रहेको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । गीतमा नजिकिदै गरेको महिलाहरूको महान चार्ड तिजलाई उकृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :-

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares