Thursday, July 2
Shadow

समाचार

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, मास्क अनिवार्य, १० हजार सुरक्षाकर्मी परिचालन गरिने

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, मास्क अनिवार्य, १० हजार सुरक्षाकर्मी परिचालन गरिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु २५ । पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले फागुन २७ गते शिवरात्रि पर्वमा स्वास्थ्यको मापदण्डलाई पालना गर्दै सकेसम्म भौतिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने तयारी पूरा गरेको हो। दर्शनार्थीहरुलाई स्वास्थ्यको मापदण्डलाई पालना गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले विभिन्न ११ ओटा उपसमितिहरुको गठन गरी कार्य विभाजनगरेको छ। जस अन्र्तगत सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन ९नेपाल स्काउट समेतका गरी करिब चार हजारको०,स्वास्थ्यसेवा शिविर, वातावरण तथा सरसफाई, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम र सजावट उपसमितिहरु रहेका छन्। क...
एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने

एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, फागनु २५ । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ । कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो । बोर...
धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
धादिङ, फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।...
आमासहित कर्णाली नदीमा हाम्फालेकामध्ये ४ को शव फेला, एक जना अझै बेपत्ता

आमासहित कर्णाली नदीमा हाम्फालेकामध्ये ४ को शव फेला, एक जना अझै बेपत्ता

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागनु २५ । कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ ।दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन् । उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो । आमा सुखी र वर्ष ८ का ललितको शव आज ९मङ्गलबार० दिउँसो कर्णाली नदीमै भेटिएको हो । ५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ ।घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ । सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी...
चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , फागनु २५ । दैलेखकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिएको छ। अन्य बेपत्ता छन् । आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । यता स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।...
बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा, फागनु २५ । बाराको निजगढमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । निजगढ नगरपालिका वडा नं।९ बजार स्थित एक घरमा करिब १८ वर्षिय युवकको घाँटी रेटी हत्या भएको हो । काले भनिने रोहित शर्माको घर मैं गए राती घाँटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जनाएका छन् । घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।  ...
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
कर्णाली , फागनु २५ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७(७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन् । उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहर...
कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, फागुन २५ । सरकारका सचिवले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नु पर्ने महत्वपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ । बैठकमा सहभागी एक सचिवका अनुसार बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि तय गरिने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज, व्यावहारिक र सरकारको साख उँचो बनाउने गरी तय गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नीति तथा कार्यक्रमको व्यावहारिक, कार्यान्वयनयोग्य, मापनयोग्य, नतिजामूलक, रूपान्तरणकारी र विकासको दूरगामी सोचअनुसारको अवधारणामा आधारित रही तर्जुमा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

मुख्य समाचार, समाचार, समाज
मेष शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् । बृष महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । मिथुन आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । सिंह मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्...
सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागनु २४ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानून निर्माण गरेको बताएकी छन्। १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवादमा मन्त्री अर्यालले विश्वका महिला धेरै अगाडि बढिरहँदा अहिले पनि नेपालका महिला असुरक्षित रहेको भन्दै विभिन्न निहुँमा किशोरीमाथि एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरूप बनाइदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानूनको व्यवस्था गरेको बताइन्। ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाको जीवन बर्बाद पार्ने, जीवनभर कुरूप बनाइदिने घटना बढ्दै गए। हामीसँग एसिडसम्बन्धी कानून रहेनछ’, उनले भनिन्, ‘त्यसकारण सरकारले क्षतिअनुसार कडाभन्दा कड...