Thursday, April 18
Shadow

एसईई परीक्षाको तालिका सार्वजनिक


  • -इ
  • इ+

काठमाडौं , फागनु २६ । वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ ।

जेठ १३ गते अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितको परीक्षा हुनेछ । जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ भने सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले समय तालिका सार्वजनिक गरेको छ ।

२१ देखि २४ गतेसम्म प्राविधिकतर्फका विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares