Thursday, April 25
Shadow

एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने


  • -इ
  • इ+

काठमाडौं, फागनु २५ । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ ।

कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ । कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो ।

बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares