Tuesday, April 23
Shadow

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, मास्क अनिवार्य, १० हजार सुरक्षाकर्मी परिचालन गरिने


  • -इ
  • इ+

काठमाडौं, फागनु २५ । पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले फागुन २७ गते शिवरात्रि पर्वमा स्वास्थ्यको मापदण्डलाई पालना गर्दै सकेसम्म भौतिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने तयारी पूरा गरेको हो।

दर्शनार्थीहरुलाई स्वास्थ्यको मापदण्डलाई पालना गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले विभिन्न ११ ओटा उपसमितिहरुको गठन गरी कार्य विभाजनगरेको छ।

जस अन्र्तगत सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन ९नेपाल स्काउट समेतका गरी करिब चार हजारको०,स्वास्थ्यसेवा शिविर, वातावरण तथा सरसफाई, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम र सजावट उपसमितिहरु रहेका छन्।

कोरोना भाइरस संक्रमणको खतरा कायमै रहेको अवस्थामा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालन गरेर सम्भव भएसम्म भौतिक दुरी कायम गर्दै, स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्था मिलाईएको कोषले जनाएको छ।

तीन स्थानबाट लाम बस्न सकिने

शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन्तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ । करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ ।

१० हजार सुरक्षाकर्मी परिचालन गरिने

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गनुृपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सदस्य सचिव ढकालले बताए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन । मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ । विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।

भक्तजनको सवारी पार्किङका लागि तिलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थान व्यवस्थापन गरिएको प्रचारप्रसार व्यवस्था उपसमितिका सचिव रेवतीरमण अधिकारीले जानकारी दिए । हंसमण्डप वनकालीमा नेपाल र भारतका कलकार भक्ति सङ्गीत एवं धार्मिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । पशुपति सङ्गीत कला प्रतिष्ठानले वाग्मती पारी तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार भएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिङ्गारिने तयारीसमेत भएको छ । पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा नशालु पदार्थ निषेधित क्षेत्र घोषणा गरेकाले त्यसलाई कडाइका साथ पालना गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares