Thursday, July 2
Shadow

समाचार

.हत्या अभियोगमा तीन जना पक्राउ

.हत्या अभियोगमा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६ । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ...
महाशिवरात्रिमा कोरोना प्रभाव :  घट्यो साधुसन्तको सङ्ख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २६ । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको ...
भागरथी हत्या प्रकरण :  आरोपित  भट्टलाई सुधार गृह पठाउन आदेश

भागरथी हत्या प्रकरण : आरोपित भट्टलाई सुधार गृह पठाउन आदेश

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, फागनु २६ । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधार गृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो । दिनेशलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानी...
एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , फागनु २६ । वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । जेठ १३ गते अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितको परीक्षा हुनेछ । जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ भने सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले समय तालिका सार्वजनिक गरेको छ । २१ देखि २४ गतेसम्...
आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन २६ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा मंगलबार बसेको निर्वाचन आयोगको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको हो । आयोगको बैठकले एमाले र माओवादी केन्द्र एकीकरण भएर आयोगको दर्ता नम्बर १४५ मा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उत्प्रेषणका आदेशबाट बदर भएको भन्दै सर्वोच्चको आदेशअनुसार खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ । एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दलहरू कायम रहेको व्यहोरा जानकारी गराएको छ । साथै, आयोगले नेकपा दर्ता भएको पुरानो निर्णयलाई खारेज गरी नयाँ निर्णयअनुसार दुवै दलहरू साबिककै अवस्थामा कायम रहेको सूचना राजपत्रमा प्रकाशन गर्...
दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’ परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडब...
आज २०७७ फागुन २६ गते बुधबारको राशिफल

आज २०७७ फागुन २६ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामे...
बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार
  काठमाडौं, फागुन २५ । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँतसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्वी नगरपालिका(४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका(१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका(२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।...
ठेकेदार भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

ठेकेदार भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।...
नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , फागुन २५ । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । करिब रु साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्...