Saturday, April 20
Shadow

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?


  • -इ
  • इ+

काठमाडौं , चैत ७ । नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७५ हजार ८२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९९८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६३७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३३ हजार ३४५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९९८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares