Thursday, March 28
Shadow

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी, हेर्नुहोस यस्तो छ


  • -इ
  • इ+

काठमाडौं, चैत ११ । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ ।गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ ।नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ ।

गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न÷गराउन सबैलाई आग्रह गरिएको छ ।

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares