Friday, April 26
Shadow

खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा


  • -इ
  • इ+

काठमाडौं, चैत ११ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares