Wednesday, April 24
Shadow

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन


  • -इ
  • इ+

कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ ।

भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यीबाहेक अन्य नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउन र विवरण टिपाउन प्रशासनले आग्रह गरेको छ ।

अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात एवं आवागमन जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरेर बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न पाइने आदेशमा उल्लेख छ । यस्तै हरेक व्यक्तिले मास्क, स्यानिटाइजर र भौतकि दूरीको नियम कडाइसाथ पालना गर्नुपर्ने आदेशमा भनिएको छ । अन्यथा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares