Monday, June 29
Shadow

समाचार

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मुख्य समाचार, राजनिती, समाचार, साहित्य/कला
काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको बाटो तर्फ ठूलो जग हाल्नसक्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भुगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताउनुभयो । ‘‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनक...
एसुसले नयाँ स्मार्टफोन ‘जेनफोन १०’ सार्वजनिक गर्ने तयारी

एसुसले नयाँ स्मार्टफोन ‘जेनफोन १०’ सार्वजनिक गर्ने तयारी

समाचार, सुचना प्रविधि
काठमाडौं,असार ९ । गेमिङको दुनियाँमा निकै नाम कमाएको कम्पनी एसुस (asus) ले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बजारमा ‘जेनफोन १०’ (Zenfone 10) नामको फोन ल्याउन लागेको हो । १२० हर्ज रिफ्रेस रेट सहितको ५.९ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने फोन जुन २९ मा सार्वजनिक हुने चर्चा छ । हालसम्म सार्वजनिक भएका फ्ल्यागशिप फोनमध्ये यो सबैभन्दा सानो साइजको फोन हुनेछ । यसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । त्यस्तै ८ जीबी र १६ जीबी र्‍यामसहित क्रमश: २५६ जीबी र ५१२ स्टोरेज रहेको छ । ...
चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

राजनिती, समाचार
काठमाडौं,असार ९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेरिने बताएका छन् । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ ।...
साफ च्याम्पियनसिप : आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप : आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

खेलकुद, समाचार
काठमाडौं,असार ९ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।...
तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडाको नागार्जुन माबिको प्रांगणमा ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गर्‍यो । बुलन्द आवाजका संचालक राजन नेपालले जनताको प्रस्न , सुझाव लाई सहजीकरण गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।अतिथिहरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल हुनुहुन्थ्यो  । उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस्या , सडकको समस्या ,सडक बत्ति को समस्या , स्वास्थमा थप सेवाका लागि प्रविधि ,पर्यावरणको रक्षा , सार्वजनिक जग्गा र सरकारी जग्गाको संरक्षण , शिक्षण संस्थाको समस्या , ढलको समस्या लगायत बिषयमा सुझाव /गुनासो हरु आएका थिए । वडा सचिब , नगरपालिका को सामाजिक बिकास संयोजक-परशुराम अर्याल , वडा सदस्यहरुले र  परशुराम अर्य...

घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव

ब्यानर समाचार, समाचार
सुर्खेत, १ चैत । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा–१० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको जानकारी दिए । प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउँथे भने केही दिन अघि विदेश जाने तयारीमा थिए । उनी मङ्गलबार बिहान १० बजेतिर घरबाट निस्किएका थिए । मानवबस्तीबाट करिब ५० मिटर दूरीमा बाँसझाङ नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रवक्ता शाहीले घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुनसक्ने आशङ्का गरेका छन् । प्रवक्ता शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि ...
स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं । काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघले १५ स्थानमा अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति भएपनि नेबिसंघले आफूले भाग पाएको वा नपाएको कलेजमा आफ्ना बागी उम्मेद्वार उठाएको छ । नेविसंघको भागमाः त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसलगायत परेका छन् । अनेरास्ववियु क्रान्तिकारीको भागमाः नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसलगायत परेका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमाः रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ता...
उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचन भएसँगै स्थानीय तहदेखि शुरू भएको निर्वाचन प्रक्रिया मूलतः सम्पन्न भएको छ, एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ,’ प्रचण्डले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिन्छौं।’ नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।...
प्रचण्डको अपिल , टुटफुट भएका माओवादी एक ठाउमा आउन पर्‍यो

प्रचण्डको अपिल , टुटफुट भएका माओवादी एक ठाउमा आउन पर्‍यो

ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताउनुभएको छ। सर्बोच्च अदालतमा मुद्दा परेपछी प्रचण्डले यस्तो बिसयमा चासो दिएका छन । आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै ...
नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

ब्यानर समाचार, समाचार
काठमाडौ - नेपाल विद्यार्थी संघ अधिवेशन गर्न का लागि ओतप्रोत भएर लाग्दै गर्दा विगत लामो समय देखि जिल्ला अधिवेशन नहुँदाको प्रसव पीडा मा छट्पटिदै गर्दा आज रसुवा नेपाल विद्यार्थी संघले काचुली फेर्दै अरु छयतर जिल्लालाई प्रेरणा गर्दै रसुवा जिल्ला मा नेपाल विद्यार्थी संघ को १२औं अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको अधिवेशन मा प्रमुख अतिथि माननीय ई. मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघ का केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिना ज्यू को रहोबर मा अधिवेशन सर्वसम्मत गरियो। कार्यक्रम को सभापति सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।...