Monday, June 29
Shadow

समाचार

नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

ब्यानर समाचार, समाचार
काठमाडौ - नेपाल विद्यार्थी संघ अधिवेशन गर्न का लागि ओतप्रोत भएर लाग्दै गर्दा विगत लामो समय देखि जिल्ला अधिवेशन नहुँदाको प्रसव पीडा मा छट्पटिदै गर्दा आज रसुवा नेपाल विद्यार्थी संघले काचुली फेर्दै अरु छयतर जिल्लालाई प्रेरणा गर्दै रसुवा जिल्ला मा नेपाल विद्यार्थी संघ को १२औं अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको अधिवेशन मा प्रमुख अतिथि माननीय ई. मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघ का केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिना ज्यू को रहोबर मा अधिवेशन सर्वसम्मत गरियो। कार्यक्रम को सभापति सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।...
एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

अपराध, ब्यानर समाचार 2, समाचार
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्...
खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कानुन व्यवसायीले खाद्य अधिकार र आवासको अधिकार कार्यान्वयन गर्नका लागि यथाशीघ्र नियमावली बनाएर कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अधिवक्ता राजुप्रसाद चापागाईं, शर्मिला श्रेष्ठ, सन्तोष सिग्देललगायतले आज बुझाएको ज्ञापनपत्र उक्त माग गरिएको छ । ज्ञापनपत्रमा मौलिक हक कार्यान्वयन गर्न अपरिहार्य देखिएकाले ऐनबमोजिम अगाडि बढ्नुपर्ने उक्त नियमावलीहरू (खाद्य अधिकार तथा खाद्य सम्प्रभूता नियमावली र आवासको अधिकारसम्बन्धी नियमावली) तर्जुमाको काम तत्काल पूरा गरी कार्यान्वयनमा जानुपर्नेमा जोड दिइएको छ । नियमावली तयारी भएपश्चात ठोस कार्ययोजना, बजेट, कार्यक्रम तथा संस्थागत प्रबन्धको माध्यमबाट ऐनबमोजिम कार्यान्वयनम...
अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन् । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ । “गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो”, मन्त्री अर्यालले भन्नुभयो । अपाङ्ग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरु सवार भाडाका गाडीलाई सहजरुपमा सिंहदरबार प्रवेश गराउने उहाँले बताउनुभयो ।...
गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । ‘आइतबार र सोमबार बिहान सत्ता साझोदारको बैठक बस्यो । बैठक लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको छ,’ सरकाकी प्रवक्ता समेत रहकी मन्त्री सुन्दासले भनिन् । मन्त्रालयको आंकडा र  कार्यक्षेत्र-    आजै साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको तयारी छ ।   अधि...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनचाँदीको मूल्य बढेको छ। हिजो तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । साेमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
तारकेश्वर सामुदायिक विद्यालय समिति द्वारा नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन

तारकेश्वर सामुदायिक विद्यालय समिति द्वारा नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - तारकेश्वर सामुदायिक विद्यालय समितिले नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम सम्पन्न गर्याे। तारकेश्वर नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन सचिब राजु नेपालबाट भएकाे थियाे भने अध्यक्षता समितिका अध्यक्ष कृष्णप्रसाल ओझाले गर्नु भएकाे थियाे ।      साथै स्वागत मन्तव्य उपाध्यक्ष नारायण जंग थापाले गर्नु भएकाे थियाे । उपस्थित २२ वटा सामुदायिक बिद्यालयका प्रअ ज्युहरुबाट आफ्नाे परिचय सहित मन्त्री ज्युलाई बधाइ ज्ञापन गर्नु भएकाे थियाे । छाेटाे मिठाे यो कार्यक्रममा माननीय गणेश पराजुली, माननीय अमन मास्के र माननीय प्रकाश श्रेष्ठकाे विशेष उपस्थिति थियाे । उक्त अवसरमा तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्षले बधाई ज्ञापनका अतिरिक्त शिक्षामा सुधार गर्नु पर्ने विषयमा मन्त्री ज्युकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे ।                            छाेटाे मन्तव्य र...
अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना केन्द्रीय सदस्यले पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजनीतिक क्षमतामाथि प्रश्न उठाएका छन् । व्यक्ति हत्याको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले अभियुक्तलाई पक्राउ गर्न आनाकानी गर्नुको कारणसमेत सोधेका छन् । ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि असक्षमता हो भन्नलाई धेरै बेर सोच्नुपर्दैन’, उनको तिखो टिप्पणी छ । अदालतले दण्ड तोकेको व्यक्ति संसद् भवनमा नभई थ...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।...