Sunday, June 28
Shadow

समाचार

त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण

शिक्षा, समाचार
काठमाडौ - त्रि.वि. शैक्षिक परिषदले Bachelor's in Electronics, Communication and Information इन्जिनियरिङ्ग पाठ्यक्रमको पंजीकरण आजको मिति सम्म नगरेकोले परिक्षा नियन्त्रण कार्यालय बल्खुले सो विभागमा अध्ययन समाप्त गरिसकेका इन्जिनियरिङ्ग विद्यार्थी वर्गलाई Transcript, Provisional सर्टिफिकेट उपलब्ध गराउन सकेको छैन। यस्तो अवस्थाले विद्यार्थीको शैक्षिक अवस्थामा गम्भीर समस्या हुन सक्छ भन्दै विद्यार्थीले त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण पत्र बुझाएको छ । यस्तो गम्भीर विषयलाई तुरुन्त सम्बोधन गर्ने सम्बन्धमा इ.अ.संस्थान डीन कार्यलयमा निवेदन दर्ता भएको छ।...
पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं - श्रावण १३ गते क्षेत्र नम्बर ६ ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा बोल्ने अधिकांश प्रतिनिधिले गुटगत आधारमै धारणा राखेपनि टकरावपूर्ण संघर्षका कारण वक्ताहरु नीति र नियतिलाई छोडेर व्यक्तिकै पछि लागेको जस्तो भान हुन्थ्यो । जे जसरी सुझाव र आलोचना भएपनी अधिवेशनमा संगठन सुधारका लागि धेरै सुझाव आएको र ति सुझावलाई आफुले अपनत्व गर्ने क्षेत्रिय सभापति श्यामकृष्णी खड्कीले बताए । यो अधिवेशनमा बोलेका सबै प्रतिनिधिले मौखिक धारणा राखेपनि लक्ष्मीराज भण्डारीले भने आफ्नो राय सुझावसहितको लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमा रुखले टिकट ल्याउँदा मुख हेरेर अन्तर्घात गर्नेदेखि पार्टीको टिकट ल्याउन देखिएको रस्साकस्सीसम्मलाई नियालिएको छ । हिजो चुनावमा झण्डा नबोक्नेहरुलाई अब पार्टीमा कुन र कस्तो स्थान दिने भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता प्रस्तावमा महसुस ...
एनआरएनए आइसीसी सदस्य पदमा मदनराज पौडेलको उम्मेदवारी घोषणा

एनआरएनए आइसीसी सदस्य पदमा मदनराज पौडेलको उम्मेदवारी घोषणा

ब्यानर समाचार, समाचार
जुलाई २९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनको लागि मदनराज पौडेलले एनआरएनएको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । भिक्टोरिया राज्यको मेलर्वनमा बस्ने पौडेलले एनआरएन आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक रहेको निस्कर्ष सहित उम्मेदवारी घोषणा गरेको उनले बताए। ‘देश बाहिर विश्वभर हुर्किरहेको दोश्रो नेपाली पुस्तालाई आफ्नो भाषा, माटो र संस्कृति भित्रको सुलभ पहुँच र अधिकारलाई नविन योजनाका साथ सार्थक वनाउनका निम्ती मैले उम्मेदवारी घोषणा गरेको हुँ’, उनले भने । आफु विजयी भए, एनआरएनएमा युवाहरुको प्रतिनिधित्वलाई थप फराकिलो बनाउन पहल गर्ने उनको भनाइ छ । ‘एनआरएनएलाई प्रवासमा बस्ने आम नेपालीहरुको संस्था बनाउन आवश्यक छ, यसमाथि लागेको भ्रमहरुलाई चिर्दै जानुपर्नेछ’, उनले थपे । नेपालमा रहँदा देखि नै सामाजिक कार्यमा सक्रिय पौडेलले एनआरएनए अस्ट्रेलियामा विद्यार्थीका समस्या र ...
हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

हरि पाण्डे र टिका सानुको ‘तुल्सीपुर बजारमा’ तीज गीत सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,११ साउन । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक  हरि पाण्डे र लोकप्रिय लोक गायिका टिका सानुको आवाजमा रहेको ‘तुल्सीपुर बजारमा’ बोलको तीज गीत सार्वजनिक भएको छ । जबित परियारको शब्द रहेको गीतमा कुशल विश्वकर्माको संगीत रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको गीतलाई मिक्सिङ्ग खडक बाजुरालीले गरेका छन् ।  भिडियोमा राजकुमार मगरको सम्पादन रहेको छ । यस गीतको रेर्कडि मालाश्री डिजिटल स्टुडियो काठमाण्डौमा भएको हो । गीतलाई गायक हरि पाण्डे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भेगु पुनको निर्देशनमा रहेको तीज गीतमा जमुना केसी ,निरज राना,सुत्य कुँवर,सुमित्रा सुनार,रोमा परियार लगाएत अन्यको अभिनय रहेको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । गीतमा नजिकिदै गरेको महिला...
शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, साउन १० - अजय मिश्र मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले जानकारी दिनुभयो। आज बार्षिक समिक्षा कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए। शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु...
“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

“बैनी हो” लिएर किरण गौतम र मनिषा घोरासैनी बजारमा 

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, १० साउन । लोक दोहोरी गायक तथा सर्जक किरण गौतम र गायीका मनिषा घोरासैनीको नयाँ लोकदोहोरी गीत “बैनी हो” बजारमा सार्वजनिक भएको छ । किरण गौतमको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द र संगीत चर्चित लोक गायक नवराज घोरासैनीको रहेको उक्त गीतलाई मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ । उक्त दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा नितीन वाइबाको सह–निर्देशन रहेको छ । भिडियोमा निरेन श्रेष्ठ र जुनु एस डि लगायत अन्यको अभिनय देख्न सकिन्छ । राम केसीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काको रहेको छ। त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ । किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक ब...
वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - तारकेश्वर - १० स्थिति कान्तिपुर एबि पार्टी प्यालेसमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ (ख) को आयोजनामा वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा प्रदेशको सभापति बिष्णुभक्त तिमल्सिना को सभापतित्वमा  नेपाल सरकारका अर्थ मन्त्री तथा पार्टी प्रबक्ता माननीय डा प्रकाशसरण महतको प्रमुख आतिथ्यता र बिशिष्ठ अतिथि द्वय पुर्ब रक्षामन्त्री तथा संबिधान सभा सदस्य भीमसेनदास प्रधान एवं त्रिभुवन विश्व बिध्यालयका पुर्ब उपकुलपति प्रा डा तिर्थराज खनियाँ, अतिथिहरु बागमती प्रदेशसभा सदस्य माननीय हरिप्रभा खड्गी , क्षेत्रिय सभापति श्यामकृष्ण  खड्गी , बागमती प्रदेश कार्यसमिति सदस्य हरिहर अधिकारी र ईन्दिरा चौलागाईं , तारकेश्वर नगर प्रमुख कृण्णहरी महर्जन , टोखा नगर सभापति ओमकृण्ण बिमली , महाधिवेशन प्रतिनिधि , प्रदेश प्रतिनिधि , जिल्ला सदस्य , क्षेत्रिय सदस्य , प्रदेशसभा कार्यसमिति सदस्...
समाजवादी मोर्चा सातै प्रदेशका ७७ जिल्लामा विस्तार गरिने

समाजवादी मोर्चा सातै प्रदेशका ७७ जिल्लामा विस्तार गरिने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाले ७ प्रदेशका ७७ जिल्लामा सङ्गठन विस्तार गर्ने योजना पनि बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँच जनासम्म र प्रदेशमा ३–३ तथा जिल्लामा २–२ जना समेटिनेगरी मोर्चा बनाइनेछ । यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए । मोर्चाको नेतृत्व नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।...
अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा (सोमबार) भोलिदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किने छन् । नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउने छन् । जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली...
सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ,३१ असार । नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० सय र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरि, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...