Sunday, June 28
Shadow

समाचार

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

आर्थिक, समाचार
काठमाडौ, मंसिर २५ बहुमुल्य पहेँलो धातु सुनको मूल्य बिहिबािर तोलामा ९ सय रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज  छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ। बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ मोरङमा कोरोना भाइरस संक्रमित तीन जना वृद्ध पुरुषको मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो। तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ। दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो। त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो। उपचारमा संलग्न वरिष्ठ फि...
अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, मंसिर २५ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र समीकरण बनाएर अन्तरविरोध थप नचर्काउन अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। पूर्वपार्टीभित्र रहेको अन्तरविरोधमा खेलेर समीकरण बनाउने, सरकार र पार्टीलाई अप्ठ्यारो पार्ने काममा नलाग्न ओलीले दाहालसँग आग्रह गरेका हुन्। नेकपाका यी दुई अध्यक्षबीच शक्ति संर्घष चर्किरहेका बेला बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घण्टा छलफल भएको थियो। यी दुई नेताबीच कात्तिक २५ यता खास छलफल भएको थिएन। यसअघि मंसिर २० मा बल्ल आधा घण्टा संवाद भएको थियो। ओलीले बुधबारको भेटमा दुई नेता मिलेर पार्टी एकताको हिम्मतिलो निर्णय लिएको स्मरण गराए। उनले दुई नेताले महाधिवेशनसम्म सहमतिका साथ नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। पार्टी बैठकको एजेन्डा दुई अध्यक्षको सहमतिमा तय गर्ने, त्यसलाई महासचिवले कार्यसूचीमा राख्ने र छलफल गर्ने, सहमति नभ...
लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २५ जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्रा...
तारकेश्वर नगर शाखाले दीप प्रज्योलन गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो

तारकेश्वर नगर शाखाले दीप प्रज्योलन गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थीरताको कामना सहित  ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको तारकेश्वर नगरपालिका शाखाले दीप प्रज्योलन गरी मनाएको छ । बुधबार साँझ तारकेश्वर नगरपालिका १० लोकतान्त्रिक चौतारामा एक कार्यक्रमको आयोजना गरी मनाईएको हो । आयोजित कार्यक्रममा बोल्दै शाखाका अध्यक्ष हरिराम तिमिल्सिनाले, पछिल्लो समय मानव अधिकार नै कुण्ठित हुदैँ गएको बताए । देशमा आम नागरीकले स्वतन्त्र भएर आफ्ना अभिव्यक्ति राख्दा होस् या न्यायको लागि छटपटाई रहेको होस् यस्तो अवस्थामा समेत मानिसले मानव अधिकारको प्रत्याभुति गर्न पाएको छैन । एउटा शिक्षकलाई घरबाट जबरजस्ति लगेर हत्या गरिन्छ, दिन प्रति दिन साना साना बालिकाहरु बलात्कृत हुनु परेको छ । एउटा मानव आफ्नो स्वतन्त्रताको अधिकारले बाँच्न सकिरहेको छैन् । मानव अधिकारका लागि बनेका संघ ...
प्रेस कार्ड अब हुलाक कार्यालयबाटै पाइने

प्रेस कार्ड अब हुलाक कार्यालयबाटै पाइने

ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले अब देशैभरका जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड लिन पाइने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  २२ मंसीरको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले विभिन्न जिल्लाबाट प्रेस कार्ड बनाउन केन्द्रमा नै धाउनुपर्ने बाध्यता, विभिन्न वर्ग र क्षेत्रसहितलाई परेको बाधा अवरोध हटाउन यस्तो निर्णय गरिएको बताए। मन्त्री गुरुङका अनुसार पत्रकारको सहजता र सजिलोका लागि सरकारले यस्तो निर्णय गरेको हो। जिल्ला हुलाकबाट प्रेस पास दिने व्यवस्था मिलाइएको र सोही अनुसारको अधिकार प्रत्यायोजन पनि गरिएको मन्त्री गुरुङले बताए। सरकारको यो निर्णयले सञ्चारकर्मीलाई सहज हुने र प्रेस कार्डकै लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ। अब जिल्ला हुलाक कार्यालय प्रमुखले नै प्रेस प्र...
सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २४ जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनी...
मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् । खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई ओसिलो बनाइ राख्न मद्दत गर्दछ । Radiotherapy and Oncology जर्नलमा प्रकाशित रिपोटका अनुसार वैज्ञानिकहरुले रेडिएसन उपचारको सन्दर्भमा ग्रन्थीहरुलाई प्रभावित पारिन्न जसले गर्दा मानिसहरुलाई फाइदा पुग्दछ । नेदरल्याण्डको एम्सटर्डमको क्यान्सर इष्टिच्यूटका वैज्ञानिकहरु प्रोस्टेट क्यान्सरको परीक्षणका लागि तयार गरिएको PSMA PET-CT नामको स्क्यानको परीक्षण गरिरहेका थिए । यसै बेला चिकित्सकहरु एक रेडियोएक्टिभ ट्रेसरको बिराम...
नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्। आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।...
दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २४ विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो । एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ । पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् । यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने...