Thursday, June 25
Shadow

समाचार

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

खेलकुद, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २६ रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आएका छन् । नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए । क्लबले रु एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए । चार हजार ३१० स्क्वायर फिटमा फैलिएको कभर्ड हलमा दुई कोर्ट निर्माण गरिएको छ...
श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २६ श्रीराज कलेक्सनको विज्ञापनमा सुबोध गौतम (एदुमे) र यादव देवकोटा (सरापे)ले यथार्तपरक अभिनय गरेका छन् । सबै आम दर्शकलाई हसाई रहने यी दुई हास्य कलाकारले उक्त अभिनयमा मार्मिकता प्रस्तुत गरेका छन । अभिनयमा सुबोध गौतम (एदुमे) एक शिक्षकको भुमिकामा छन् भने यादव देवकोटा (सरापे) अभिभावकको साथै एक व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । शिक्षक एदुमे एक दिन कक्षामा पुग्छन् र राष्ट्रियता सथै पोषाकको भुमिका र महत्व बारेमा विद्यार्थीलाई पाठ शिकाउन थाल्छन् । तर उनले लगाएको कोट च्यातिएको थियो । विद्यार्थीहरुले त्यसलाई लिएर सरलाई नै मजाक बनाई रहेका थिए । जब उनी कक्षाबाट निस्कनछन् र सिधै काठमाण्डौ स्थीत नरदेविमा रहेको श्रीराज कलेक्सन, सटिङ,सुटिङ एण्ड टेलरिङ सेन्टर पुगे । निरास हुदैँ श्रीराज कलेक्सन पुगेका शिक्षकको भेट भयो सरापे संग । ग्राहक आए पछि मख्ख परेका सरापे, जब शिक्षकले च्...
मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बराल...
हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मौसम, समाचार
काठमाण्डौँ, मंसिर २६ काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । अन्तर्र...
पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

आर्थिक, समाचार, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाण्डौ प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाअध्यक्ष एवम् ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको छ । बागलुङ पश्चिम भेगमा एम्बुलेन्स नहुदा जनताले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै एम्बुलेन्स किन्न पहल गरेको दोर्ण कुँवरले बताएका छन । ४० लाख मूल्य पर्ने एम्बुलेन्स लाई राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद गरिएको रेडियो ढोरपाटनको अध्यक्ष दोर्ण कुँवरले बताए । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने कुँवरले बताए । उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका ...
तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण

समाचार, समाज, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं तमानखोला गाउपालीका ५ खुंखानीमा अबस्थित शान्ति माबिका शिक्षक हिरा बहादुर छन्त्यालको पहल र सोहि बिधालयमा ७ वर्ष अध्यापन गराई हाल म्याग्दिमा अध्यापन गराई रहनु भएका शिक्षक तेज प्रसाद लामिछानेको सक्रियतामा शान्ति माबि बिद्यालय खुंखानी लाई ६ सय थान पुस्तक र बिष्णु आधारभुत बिद्यालय नर्जाखानीमा ५ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। उक्त पुस्तक शिक्षक लामिछानेले Education for life (Norway_ नामक संस्था संग सहयोग अपील गरि बिधालय परिवार लाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयका प्र.अ. शत्यनारायण सिंह आकाश ले लामो समय सम्म बिधालयमा पुस्ताकालय भएता पनी प्रभावकारी ढंगबाट संचालन हुन नसकेको बेलामा तेज प्रसाद सरको सहयोगले बिद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनु भएको छ । शिक्षाले मात्रै मानिस र समाज दुबैको चेतनास्तरमा परिर्वन ल्याउने र समाज परिर्वन गर्न सकिने भएकोले प...
आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।...
७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजनामा सरकार

७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजनामा सरकार

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिनुभयो । सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउ...
राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न, महिला उपाध्यक्षमा अर्चना स्याङ्तान

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न, महिला उपाध्यक्षमा अर्चना स्याङ्तान

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर मंसिर २५ राष्ट्रिय संगीतकर्मी नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा दिनेश लामाको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो । मंसिर २० गते शनिबार बेत्रावती पेट्रोल पम्प स्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो । दिनेश लामाको अध्यक्षतामा २६ सदस्यीय कमिटि निर्माण गरिएको छ । नुवाकोट, रसुवा राष्ट्रिय संगीतकर्मी संघले एकै दिन एकै स्थानबाट निर्विरोध नयाँ कमिटी चयन गरेको हो । संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।   अध्यक्ष : दिनेश लामा बरिष्ठ उपाध्यक्ष : दिपक थापा प्रथम उपाध्यक्ष : कुमार लामा उपाध्यक्ष : राम शरण आले महिला उपाध्यक्ष : अर्चना स्याङ्तान सचिव : करण तामाङ सहसचिव : शान्ति मम्बा सह सचिव : नवीन खतिवडा कोषाध्यक्ष : रुपा एस घले...
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २५ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ...