Monday, June 29
Shadow

समाचार

गम्भीर रोग लाग्नबाट बच्नका लागि यी १० फलहरु नियमित रुपमा खानुहोस्

गम्भीर रोग लाग्नबाट बच्नका लागि यी १० फलहरु नियमित रुपमा खानुहोस्

जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछ। भोगटे  भोगटे अमिलो फलहरूमा सबैभन्दा स्वस्थ मानिन्छ। यो भिटामिन र खनिजहरूको उत्तम स्रोत हो। तौल घटाउनुका साथै यसले इन्सुलिनको स्तर पनि कम गर्दछ। ९१ जनामा ​​गरिएको अनुसन्धानमा, भोगटे नखानेको तुलनामा  खाजा भन्दा पहिलो आधा ताजा भोगटे दानाले १।३ वचन कम भएकोपाइएको थियो । यसको अलवा भोगटेले कोलेस्ट्रोलको स्तर कम गर्दछ र किडनीमा पत्थरी हुने समस्या रोक्न सहयोग गर्दछ । भुईँ कटहर  भुईँ कटहरलाई पोषणको सुपरस्टार भनिन्छ। एक कप भुईँकटहर दैनिक सेवन गर्नाले १३१ प्रतिशत भिटामिन सि र ७६ प्रतिशत मैंगनीज पाइन्छ । भुईँ कटहरमा ब्रोमेलेन पाइन्छ जो इन्फ्लेमेन्टरी एन्जाइमको मिश्रण हो । प्रोटीन पचाउन सक्ने क्षमताका लाग...
मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौं, पुष १९ चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। गएराति  ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो। ...
साउदी अरेबियाले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौं, पुष १९ साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो । आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक प्रवेश गर्ने नाका खुला गरिएको हो । यद्यपि केही प्रतिबन्ध भने अझै पनि कायम रहनेछ । बेलायत, दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आएका नागरिकहरुले साउदी अरेबिया प्रवेश गर्नुभन्दा १४ पहिला यी मुलुकहरुभन्दा बाहिर रहनुपर्नेछ । कोरोनाको नयाँ प्रकार देखिएका मुलुकबाट आउने साउदी नागरिकले पनि आफ्नो घरमा १४ दिन निगरानीमा बस्नुपर्नेछ ।...
आजको सुनचाँदीको मुल्य

आजको सुनचाँदीको मुल्य

आर्थिक, समाचार
काठमाण्डौं, पुष १९ यो हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । सुन आइतबार तोलाको ९५ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १३ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलामा चार सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार त्यही भाउमा घटबढ नभएको हो । अघिल्लो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँ नै घटेको थियो।...
निर्माता मनोज कार्कीको मुनामदन-२ सार्वजनिक

निर्माता मनोज कार्कीको मुनामदन-२ सार्वजनिक

समाचार, साहित्य/कला
काठमाणडौं, पुष १९ सामाजिक अभियन्ता  एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ । शनिबार काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो । चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा  शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ। नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी  रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो  जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।...
पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

अपराध, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १९ पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ। आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो। राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनीसँग मोबाइल मागेको थियो। मोबाइल नदिँदा पेस्तो खेदाएको जनाएको छ। उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ। उनले तत्कालै प्रहरीलाई खबर गरेको थियो। घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए।...
पाँच दिन लकडाउनको घोषणा

पाँच दिन लकडाउनको घोषणा

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाणडौं, पुष १९ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि डोल्पामा पाँच दिन लकडाउनको घोषणा गरिएको छ। आइतबारदेखि पाँच दिन लकडाउन लगाइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ। पुस २३ गतेसम्म सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ। यो अवधिमा बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट गर्न पाइनेछैन। लकडाउनमा पनि दैनिक उपभोग्य सामान खरिदका लागि समय तोकिएको छ। सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला रहनेछन्। तर, होटल, रेस्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।...
अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं, पुस १८ । यस्तो ठाउँ जहाँ बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने, चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ । युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति(पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा । बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ । अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ । त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् । यो आदिव...
चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो । मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथ...
अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १८ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थीहरु फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।...