काठमाण्डौं, पुष १९
सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत( सिईओ) जनक राज शर्मा पौड्यालले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ३५ लाख ५ हजार बझेका छन् । बैंकले हालै सार्वजनिक गरेको थ.गत आ.व. को वार्षिक प्रतिवेदनले देखाएको छ ।
बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा ३ करोड ३७ लाख ४७ हजार बराबरको रकम खर्च गरेको छ ।
यस्तै बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत रु ४७ लाख ५२ हजार मा आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी उपलब्ध गराइएको छ ।
साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ ।