Monday, June 29
Shadow

समाचार

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

खेलकुद, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
लक्ष्मी तिवारी/काठमाण्डौं १९ विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले तमानखोला गा.पा.४ मा रहेको शोले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ । संचारकर्मी जसिन्द्र श्रीपालीको पहलमा प्रभू प्रभु मनि ट्रान्सफरले खेलकुद सामाग्री सहयोग गरेको हो। प्रभू बैंक तथा ग्रुपमा अध्यक्ष समेत रहनुभएका बंंैकर देवि प्रकाश भट्टचनको जन्मथलो समेत रहेको उक्त क्लबले खेलकुद क्षेत्रमा मात्र नभएर समाजमा चेतना स्तर उकास्न, सामाजिक जनचेतनाको काम हरु समेत गर्न सकोस भन्ने अपेक्षा रहेको प्रभु मनी ट्रान्सफरको अपेक्षा रहेको बताउनु भएको छ । भट्टचन केहि वर्ष पहिले सोहि क्लबले प्रत्येक वर्ष आयोजना गर्ने जेष्ठ मेला समापन गर्न हेलिकप्टर मार्फत परिवारिक सदस्य सहित उक्त स्थानमा पुग्नुभएको थियो । हाल कोरोना महामारिको समय छ यो समय प्राय मान्छे गाउघरमा फुर्सदिला भ...
प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

आर्थिक, समाचार
काठमाण्डौं, पुष १९ प्राइम कर्मसियल बैंक लिमिटेडको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधाणसभा र लाभांश वितरण गर्नको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औ साधारणसभा पौष २९ भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको थियो । सभा कन्द्रिय कार्यालय काठमाडौंबाट बिहान १० बजे सञ्चालन गर्ने पनि जानकारी दिएको छ । २९ गतै बस्ने सभाले ०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । ...
पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

खेलकुद, समाचार
काठमाण्डौँ, पुष १९ पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ। दाङको लमहीमा सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो। पीएम कप प्रदेश १ ले पहिलोपटक जितेको हो।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

ब्यानर समाचार, राजनिती, समाचार
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार (आज) बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । 'आगामी वैशाखमा चुनाव गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा...
पाँच किलो गाँजासहित युवक पक्राउ

पाँच किलो गाँजासहित युवक पक्राउ

अपराध, समाचार
काठमाण्डौं, पुष १९ रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्। २९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ। प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।   ...
सात नक्कली परीक्षार्थी पक्राउ

सात नक्कली परीक्षार्थी पक्राउ

शिक्षा, समाचार
काठमाण्डौं, पुष १९ सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।  ...
थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेका छन् । उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान अस्पतालको फिभर क्लिनिकमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।...
सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

आर्थिक, ब्यानर समाचार 2, समाचार
  काठमाण्डौं, पुष १९ सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत( सिईओ) जनक राज शर्मा पौड्यालले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ३५ लाख ५  हजार बझेका छन् । बैंकले हालै सार्वजनिक गरेको थ.गत आ.व. को वार्षिक प्रतिवेदनले देखाएको छ । बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा ३ करोड ३७ लाख ४७ हजार बराबरको रकम खर्च गरेको छ । यस्तै बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत रु ४७ लाख ५२ हजार मा आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी उपलब्ध गराइएको छ । साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा  उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ ।...
राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित पार्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित पार्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १९ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्। आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमा नै विकास गरेको बताए। आईएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी छ। “राज्यको परम्पराग...
सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजनिती, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह के.सीले बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोभिड १९ अर्थात कोरोनाभाइरसको प्रभावले बन्द रहेका विद्यालयहरु संचालनमा आए संगै विद्यालयहरुलाई स्वास्थ्य सामाग्री आवश्यकता रहेकाले सभापति के सीले उक्त विद्यालयलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बेल्कोटगढी नगरपालिका-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुंगाना, नकुल पाण्डे,लागाएत स्थानिय र विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो । ...