Monday, June 29
Shadow

समाचार

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २२ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्ला बाट देशव्यापी तालिमको सुरुवात गरिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाद्वारा अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम को उद्घाटन गरेको छ । भोला परियारको अध्यक्षता भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना , कार्यपालिका सदस्य रमेश तिखत्री लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिम लिन को लागि ५० भन्दा बढी व्यवसायीहरु को सहभागिता रहेको कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ केन्द्रीय सदस्य हरि नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले हामि संगको कुराकानीमा, झापाबाट सुर...
पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

शिक्षा, समाचार, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु , पुस २२ कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन। जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा क...
पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष २२ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ। बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष २२ कैलालिको धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । प्रदेश न. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।  ...
२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

खेलकुद, जिवनसैली, मनोरञ्जन, समाचार, समाज, साहित्य/कला, स्थानिय तह
काठमाण्डौँ, पुष २२ २९९ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा फुटबल प्रतियोगिता, कविता वाचन र साँस्कृतिक कार्यक्रम हुने भएको छ । पुष २७ गते पृथ्वीजयन्तीको अवसरमा पृथ्वीस्मारक संरक्षण समितिको आयोजनाका उक्त कार्यक्रम हुनलागेको हो । पुष २२ गते (आज) बसेको समितिको बैठकले ४५ वर्षभन्दा माथिकालाई लक्षित गर्दै फुटबल प्रतियोगिता, खुल्ला कविता वाचन र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । ...
दैलेखमा बालिका बलात्कार

दैलेखमा बालिका बलात्कार

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष २२ दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा पारी बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले बिक लाई पक्राउ गरेको थियो । घटना बारे स्थानिय एक ब्यक्ती ले धटनाबारे प्रहरीलाइ जानकारी गरे लगत्तै प्रहरी को टोलिले दोषि लाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पुरुषलाई अनुशन्दान को लागी हिरासत मा राखेर अनुशन्दान जारी छ ।...
खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

अपराध, समाचार
कठमाण्डौं, पुष २२ प्रहरीले मंङगलबार धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका ५ मा बस्ने २४ वर्षीय सन्दीप राईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । शंकास्पद अवस्थामा प्रधानलाई खानतलास गर्दाेपाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । प्रहरीकोे सेधपुछ को क्रममा केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । प्रहरीले तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारी बाट खैरो हेरोइन खरिद गर्ने ग्राहक लाई पर्खेर बसेको अबस्थार्मा सन्दीप लाई खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको डियसपि बस्नेतले बताए । पक्राउ परेका दुवैलाई लागूऔषध मुद्दामासुनसरी जिल्ला अदालत ले अनुशन्दान गरीरहेको छ ।...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...
काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २२। काठमाडौंको बालाजुस्थित बाइपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । काठमाडौंको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी बिच भएको झगडामा म‌ंगलबार राति एकजनाको ज्यान गएको हो । मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच विवाद हुँदा लिएको उग्र रुपले अन्दाजी २३ वर्षीय कलाम मियाँको ज्यान गएको हो । अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षीय सुबोध शर्माले कपडा काट्ने कैंचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।...
कक्षा ११ :  सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
इलाम–, पुस २२ । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्...