Tuesday, May 21
Shadow

समाचार

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...
बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष १० बेल्कोटगढी नगरपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । यहाका मानिसका मुख्य पेसा भनेको कृषि हो । यस क्षेत्रमा गहुं, मकै, धान,जौ, फापर, तथा अन्य धैरै खाद्यान्न बाली तथा नगदे बालीको रुपमा आलु, गोलभेडा, सिमी, जस्ता थुप्रै बालीहरु लगाइन्छ । प्राकृतिक हिसाबले सम्पन्न भएपनि यस क्षेत्रमा उचित सेवा सुविधाका कारणले किसानहरुले आफुले सोचेजस्तो लाभ लिन सकेका छैनन् । दुइपिपल, रातमाटे,कुमरी, जिलिङ, बेल्कोट,मदानपुर यस नगरपालिकाको मुख्य कृषि क्षेत्रमा पर्दछ । धेरै क्षेत्रफल ओगटेको यस नगरमा बिभिन्न क्षेत्रमा बिभिन्न प्रकारका खाद्य बाली तथा नगदे बाली उत्पादन हुन्छ । नगरपालिकाको कुल क्षेत्रफल १५५.६ बर्ग किलोमिटर रहेको छ, भने कुल जनसंख्या ३ लाख ९ हजार ८ सय ८८ रहेको छ । १३ वटा वडामा बिभाजन गरिएको यस नगरको पूर्बमा ककनी गाउपालिका छ भने पश्चिममा धादिङ जिल्ला रहेको छ। चिम्टेश्वर ...
प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १० प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु अहिले माइतीघर मण्डलामा उपस्थित भएर विरोध जनाइरहेका छन् । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको हो । सो प्रकरणपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा उत्रिएका हुन् । अहिले उनी माइतीघर मण्डलामा भेला भएर विरोध जनाइरहेका छन् । छुट्टाछुट्टै दुवै समूहको बैठक बस्ने गरेका छन् । प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको हो । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्काे नाराबाजी गरिरहेका छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ ब...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको  नाम छ चर्चामा

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधान...
‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...
श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरी समेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौं’, उनले भने, ‘उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।’ पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता ...
संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १० । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदैछ । सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि यी सबै मुद्दा संवैधानिक इजलासमा पठाइएको थियो । बुधबार रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लैजाने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको हो ।एकसाथ शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ सुरु हुनेछ । संसद् भंग गर्ने निर्णय सम्बन्धी मुद्दा अदालतमा विचाराधिन भएकाले शुक्रबारको संवैधानिक इजलासमा हुने सुनुवाइलाई महत्वका साथ हेरिएको छ । आज प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपाने बसह गरेका थिए । प...
हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस १० । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए । उक्त ठाउँका घरहरु कर्णाली नदी नजि...