Friday, April 26
Shadow

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २२
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्ला बाट देशव्यापी तालिमको सुरुवात गरिएको छ ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाद्वारा अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम को उद्घाटन गरेको छ । भोला परियारको अध्यक्षता भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना , कार्यपालिका सदस्य रमेश तिखत्री लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिम लिन को लागि ५० भन्दा बढी व्यवसायीहरु को सहभागिता रहेको कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ केन्द्रीय सदस्य हरि नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले हामि संगको कुराकानीमा, झापाबाट सुरु भएको तालिमको सफलताको शुभकामना दिदैँ, देशभर रहेका व्यवसायीहरुको सिप अभिवृद्धिको लागि ल्याईएको तालिम आज झापाको अर्जुनधारा, विर्तामोड, काकडभित्ता, चारआलि, बुधबारे र शनिश्चरेबाट सुरु भएको तालिम संचालन गर्ने बताउनु भयो । सिलाई व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आधुनिकता तर्फ लैजान पनि यस फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले सहयोग गर्ने बताउनु भयो ।

महासंघका केन्दीय सदस्य तथा बागमती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदैँ फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीलाई थप उर्जा मिलेको बताउनु भयो । साथै प्रदेश र केन्द्रबाट आगामि दिनहरुमा पनि व्यवसायीलाई लक्षित कार्यक्रमहरु लैजाने जानकारी दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares