Tuesday, April 30
Shadow

समाचार

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस ११ । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको हो । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको छ ।  ...
काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस ११ । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।...
आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

मुख्य समाचार, समाचार
काठमाडौं , पुस १० । आगामी सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-हङकङ-काठमाडौं नियमित उडान हुने भएको छ । गत सोमबार उडेका यात्रुमध्ये एकजनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएपछि निगमले हङकङ नियमित उडान गर्न पाएको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हङकङ उडानका लागि ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिएका थिए । ४८ घण्टाभित्रको रिपोर्ट भएका यात्रुलाई मात्रै उडाउने व्यवस्था गरेपछि निगमलाई हङकङ नियमित उडान गर्न राहत पुगेको हो । यसअघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका आधारमा हङकङ उडान गरेका पाँचभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पटक(पटक गरी चारपटक निगम हङकङको कारबाहीमा पर्दै आएको थियो । गत सोमबार हङकङ उडेका यात्रुमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि आगामी साता पनि निमगले उडान गर्न पाउने भएको हो । हङकङले एउटै उडान वा पटक-पटकको उडान गरी पाँच यात्रुमा कोरोना पोजेटिभ...
थाहापाउनु होस् : यस्तो काम गर्छ किबोर्डमा भएका १२ वटा बटनले

थाहापाउनु होस् : यस्तो काम गर्छ किबोर्डमा भएका १२ वटा बटनले

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । तपाईको किबोर्डमा भएका कि का बारेमा बारेमा तपाईलाई केकति जानकारी छ ?  नियमित रुपमा ल्यापटप तथा डेक्सटपमा तपाईले आफनो काम गरिरहनु भएकै छ । तर, तपाईले प्रयोग गर्ने किबोर्डमा रहेका बटनले के काम गर्छ ?  तिनीहरुको प्रयोग के कसरी गर्न सकन्छि भन्ने बारेमा तपाईले कत्तिको विचार गर्नुभएको छ रु वा जानकारी लिने प्रयास नै गर्नुभएको छैन ? यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने प्रयास गर्छौ । कि बोर्डको माथि शिरानामा रहेका एफ १ देखि एफ १२ सम्मका बटनको फरक फरक काम गर्छन् । ती सबै बटनको आ आफै काम हुन्छन् र तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्नमद्दत गरिरहेका हुन्छन् । एक फूल साइज किबोर्डमा १०१ देखि लिएर १०५ वटासम्म कि रहेका हुन्छन् । तर, ल्यापटपमा भने केही कम मात्रामा कि रहन्छन् । किबोर्ड जति नै छोटो भएपनि त्यसमा उत्तिकै मात्रामा महत्वपूर्ण अल्फाबेटका साथ आवश्यक क...
राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १० । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित आफ्नै लगानीको अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, ता...
दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाएका छन् । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका छन् । नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनु...
मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मुख्य समाचार, समाचार
काठमाडौं, पुस १० । हेटौँडा–नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने नेवारपानीबाट मकवानपुरकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, ठूलो भावरतर्फ जाँदै गर्दा ग१ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुईजना सामान्य र सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्। थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी, गणेश ठगुन्ना कृषि लगायत रहेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने स्रोतले बताएको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्...
थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...