भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ
काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ ।
नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।
नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत...









