Friday, April 26
Shadow

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालले गर्यो स्वागत


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २२ । नेपालले साउदी अरेबियाले कतारमाथि झन्डै साढे तीन वर्ष लामो नाकाबन्दीलाई हटाएकोमा स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाइएकोमा स्वागत गरेको हो ।

विज्ञप्तिमा गल्फ कोअपरेसन काउन्सिल ९जीसीसी० का सबै मुलुकहरूसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राख्ने उल्लेख गरिएको छ ।

कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो ।

जीसीसीको भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको थियो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् ।

मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares