Tuesday, June 30
Shadow

समाचार

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुर बि.क प्रहरि नियन्त्रणमा

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुर बि.क प्रहरि नियन्त्रणमा

अपराध, समाचार, समाज
काठमाण्डौं माघ,५ रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए । बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो । बालिकाको अहिले काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डीएसपी थापाले बताए । अभियुक्त होमबहादुर तिलोत्तमा नगरपालिका–१३ बभनीको पशु फार्ममा मजदुरी काम गर्दै आएका व...
बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि

बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ५ बेलायतबाट नेपाल आएका तीनजनामा नयँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो । नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ...
संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ५ प्रतिनिधि सभा विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक भएको जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण विषयक बहस कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्। नेपालको संविधान २०७२ जारी गर्दा विवाद निरुपणको अध्यक्ष समेत रहेका थिए डा. भट्टराई । प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने समेत उनले बताएका छन्। आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरेका छन् । प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व रक्षामन्त्री भिमशेनदास प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमहामन्...
प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ५ । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।...
१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । एचआइभी एड्सबाट सप्तरीको राजविराजमा एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको हो । स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।...
नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ :  डब्लूएचओ

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।...
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका- ४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् । मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
कोरोनाकै बीच रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

कोरोनाकै बीच रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ५ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष ९आव०को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलु...
आजको मौसमः पहाडमा बदली, तराईमा हुस्सु, अन्य ठाउँमा कस्तो ?

आजको मौसमः पहाडमा बदली, तराईमा हुस्सु, अन्य ठाउँमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ ५ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले मौसम बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागहरुमा आकाशमा बादललागे सँगै राम्रोसँग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ ५ गते (सोमबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति : देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भाव...
संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेशी तोकिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट मेरिटमा प्रवेश भएको हो । आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गरे । ‘संविधानअनुसार दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ । एउटा, प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र अर्को, संविधानअनुसार...