Friday, October 23
Shadow

समाचार

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ । ‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रव...
आजको मौसम :  तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली, कुन ठाउँमा कस्तो ?

आजको मौसम : तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ ७ । आज देशभरको मौसममा आंकदेखि सामान्य बदली रहनेछ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी भुभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज रातिस् प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बा...
नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ । भारतले नेपाललाई कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट खोप उपलब्ध गराउने घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ । तर नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन । अघिल्लो साता औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको ‘कोभिशिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । औपचारिक जानकारी दिन पत्रकार सम्मेलन भारतले दिन लागेको खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भ...
भ्रष्टाचारको अभियोगमा अध्यक्षसहित तीन विरुद्ध मुद्दा दर्ता

भ्रष्टाचारको अभियोगमा अध्यक्षसहित तीन विरुद्ध मुद्दा दर्ता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको स्वामित्वको सात रोपनी जमीनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ । कृषि बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा रहेको रु १४ लाख ४४ हजार १९९ रकममध्ये रु १४ लाख ३८ हजार ५०० बराबरको रकम आफूखुशी झिकेर हिनामिना गरेको पाइएको छ । आयोगले समितिका अध्यक्ष र कोषाध्यक्षसहित कृषि बजारको लेखापरीक्षणले गलत प्रतिवेदन दिएको भन्दै कारवाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले अध्...
काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया रिता खड्गी रहेकी छन् । ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । गम्भिर घाइते भएकी उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साललाई पक्राउ गरिएको छ ।...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्...
संसद विघटन विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

संसद विघटन विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ६ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटन सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।मंगलबारको सुनुवाइमा धारणा राख्दै सहभागी अधिवक्ताहरुले वर्तमान संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेशसँगै बहस विषय केन्द्रित भएको हो । तेस्रो दिनमा आज पाँच अधिवक्ताले बहस गरेका हुन । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राखेका थिए । बुधबार पुनः बहस गर्नेछन ।संसद विघटन सम्बन्धी सो मुद्दाको सुनुवाई बुधबार पनि निरन्तर हुनेछ।रिट निवेदकका तर्फबाट ३१०...
नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ । कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०स्५० बजे काठमाडौँ अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छ...
डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ । तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन–कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ । जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । एजेन्सी...
भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतको गुजरातमा गएराति फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा १३ जनाको ज्यान गएको छ । सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो । त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए । दुर्घटना सोमबार राति किम(मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको थियो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।...