Friday, October 23
Shadow

समाचार

नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने  भयो

नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने भयो

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, फागुन २१ । नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।...
कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २१ । कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार काठमाडौँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो मात्राको खोप लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म खोप लगाउने तयारी गरिएको जानकारी दिए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने छ । पहिलो चरणको खोप अभियान माघ...
विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो :  प्रधानमन्त्री ओली

विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले साहसिक काम गरेको बताएका छन् । सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताले शान्ति चाहेको बताउदै देशलाई समृद् बनाउन शान्तिपूर्ण वातावरण चाहिने बताए । प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रदेश गरेको बताउदै नेपालमा हिंसात्मक द्वन्द नरहेको बताए । विप्लवले यसै साहसिक कदमबाट जनताको मन जितेको बताउदै प्रधानमन्त्री ओलीले सेफ ल्याण्डीङ गरेको बताए । प्रधानमन्त्री ओलीले यो फोर्स ल्याण्डीङ, क्रयास ल्याण्डीङ नभएर सेभ ल्याण्डीङ गरेको टिप्पणी गरे ।...
मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रमको आयोजना गरि यो अवार्ड प्रदान गर्ने अमेरिकी दूताबासले जनाएको छ । यो अवार्ड प्रायः ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिँदै आएको छ । यस अघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजईलाई प्रदान गरिएको थ...
२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन २१ । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २३ लाख रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरक...
आजको मौसम: देशभर कहाँ कस्तो रहला ?

आजको मौसम: देशभर कहाँ कस्तो रहला ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ , फागुन २१ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने भएको छ। पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति पनि वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।...
तपाईको आजको दिन कस्तो रहला  ?

तपाईको आजको दिन कस्तो रहला ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...
म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ । साथै एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएका छन्। यसपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला ...
छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
कावासोती , फागुन २० । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ । प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नाय...
ग्लोवल नेपालिज सेफ फेडरेसन नुवाकोट जिल्ला समिति गठन

ग्लोवल नेपालिज सेफ फेडरेसन नुवाकोट जिल्ला समिति गठन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहेका सेफहरुको छाता सङ्गठन ग्लोबल फेडेरेसन फाउन्डेसन जिल्ला समिति नुवाकोट गठन भएको छ । फाउन्डेसन नुवाकोटमा सुमन रिमालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा पशुपति गजुरेल, सचिवमा गणेश न्यौपाने, सहसचिवमा गोकुल भण्डारी र कोषाध्यक्षमा रेहित पुडासैनी चयन भएका छन् । यस्तै, सदस्यहरु मोदनाथ गजुरेल, दिनेश सापकोटा, केदार ढकाल, दिपक ढकाल, सन्देश घिमिरे, कृष्णमान श्रेष्ठ, प्रकाश सुवेदी, उमेश ढकाल, राजकुमार श्रेष्ठ, दिनेश गजुरेल र रमेश श्रेष्ठ चयन भएका छन्। समितिको सल्लाहकारमा अरुण अधिकारी, रामकाजी विक, दिनेश श्रेष्ठ, प्रदिप पौडेल, रमेश भण्डारी र नमराज तामाङ चयन भएका छन् । नुवाकोटका होटल तथा रेस्टुरेन्टहरुमा करिब ५०० सेफहरु कार्य गर्दै आईरहेको प्रारम्भिक तथ्यांक रहेको समितिका उपाध्यक्ष पशुपति गजुरेलल...