Friday, October 23
Shadow

समाचार

आज २०७७ फागुन २० गते बिहीबारको राशिफल

आज २०७७ फागुन २० गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बृष आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । कन्या रिसलाई बसमा...
१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागनु १९ । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् । प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर ४ सय ८२ जनाले खोप लगाएको सिभिल अस्पताल खोप केन्द्रले जनाएको छ । बुधबार १ सय ६५ सांसद् र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी ३ सय १७ जनाले खोप लगाएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद् छन् ।...
भागरथी हत्या प्रकरण: आरोपितको चौथो पटक म्याद थप

भागरथी हत्या प्रकरण: आरोपितको चौथो पटक म्याद थप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु १९ । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उहाँले उक्त आरोप स्वीकारीसकेका छन् । गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो । अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखे...
सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १९ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोभिड-१९ सविरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।अहिले नेपालमा कोरोना अभियान जारी नै रहेको छ।...
भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
डोटी , फागुन १९ । डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिका समेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।  ...
जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण

जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण

समाचार, समाज
कपिलवस्तु, फाल्गुन १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयमा मुस्लिम आयोगको आयोजनामा विद्यालय का १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष समिम मिंया अंसारी अतिथीमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,संविधान सभा सदस्य नजिर मिंया, मुस्लिम संगठन नेपालका सेराज अहमद फारुकी,आयोगका सदस्य महमुद्दीन अली, मिर्जा अरसद बेग, जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, २नं वडाध्यक्ष संजय गुप्ता, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां लगाया रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्सारीले उपस्थित सबै लाई हार्दिक धन्यवाद दिदै मदरसामा अध्ययनरत रहेका विद्यार्थी हरुको हौसला बढाउन सानो प्रयास स्वरुप ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको मुस्लिम हकहित र मुस्लिमको ...
ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ । तत्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी...
सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८ । सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउने भएको छ । यसका लागि प्रक्रिया थालीसकिएको बताएको छ । नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दिएको जानकारी दिएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए । नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ । यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् । मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्...
विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १८ । सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।” बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको थियो । “...
बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बाँके , फागुन १८ । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका९५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका९३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।...