Friday, April 26
Shadow

आजको मौसम: देशभर कहाँ कस्तो रहला ?


  • -इ
  • इ+

काठमाडौँ , फागुन २१ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने भएको छ।

पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्।
शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति पनि वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares