Saturday, April 18
Shadow

राजनिती

प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १० प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने भएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका हुन। उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक गृहकार्य भएको छ। विवादीद समयमा ओली भारत जानुलाई महत्वपुर्ण मानिएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय बार्ता भने अन्यौलमा परेको बताइएको छ।...
प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १० प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु अहिले माइतीघर मण्डलामा उपस्थित भएर विरोध जनाइरहेका छन् । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको हो । सो प्रकरणपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा उत्रिएका हुन् । अहिले उनी माइतीघर मण्डलामा भेला भएर विरोध जनाइरहेका छन् । छुट्टाछुट्टै दुवै समूहको बैठक बस्ने गरेका छन् । प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको हो । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्काे नाराबाजी गरिरहेका छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ ब...
मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको  नाम छ चर्चामा

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधान...
संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । नेपाली कांग्रेसले पनि आन्दोलनको घोषणा गरेको छ ।...
वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन । बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए । सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।...
ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।विधानअनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। संसद विघटनबारे ओली पक्षको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत...
यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।...
मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ :  प्रवक्ता ज्ञवाली

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने बताएका छन् । उनले यसका लागि सरकार तयारीमा रहेको जानकारी दिए । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत उनले बताए ।साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ । बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा...
संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष ९ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’ कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १६ गते देश भर विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यसलगत्तै केन्द्रीय समितिमै नेताहरुबीच राष्...
नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो । पार्टी प्रवेश गर्नेहरुको नाम यसप्रकार छः १. रोशन बुडाथोकी २.कृष्णहरि खड्का ३.अमित कार्की ४. हेम ब कार्की५.तुला ब कार्की ६.अनिल थापामगर ७.कृष्ण श्रेष्ठ ८. मोहन कु. भण्डारी ९. राजन भण्डारी १०. रुपेश भण्डारी ११.पदम ब मोक्तान १२. पाशङ लामा १२. मोति घिसिङ १३. शन्देश लामा १४. गोपि खत्...