काठमाडौं , पुस ९ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।
बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । नेपाली कांग्रेसले पनि आन्दोलनको घोषणा गरेको छ ।