Friday, April 26
Shadow

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा


  • -इ
  • इ+

काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ ।

राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए ।

केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकाङ्क्षीहरू बढेका छन् ।मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares