Thursday, March 28
Shadow

प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १०
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु अहिले माइतीघर मण्डलामा उपस्थित भएर विरोध जनाइरहेका छन् । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको हो ।

सो प्रकरणपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा उत्रिएका हुन् ।

अहिले उनी माइतीघर मण्डलामा भेला भएर विरोध जनाइरहेका छन् । छुट्टाछुट्टै दुवै समूहको बैठक बस्ने गरेका छन् । प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको हो । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्काे नाराबाजी गरिरहेका छन् ।

माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

बिहीबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले शुक्रबारबाट दैनिक रूपमा विरोध कार्यक्रम गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares