Saturday, April 20
Shadow

वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्


  • -इ
  • इ+

काठमाडौँ, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन ।

बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए ।

सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares