Saturday, April 20
Shadow

चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?


  • -इ
  • इ+

काठमाडौं , पुस १३ । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि जुटाउन चीन अग्रसर बनेको छ । नेकपा विभाजन भएको एक साता नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली नेपाल आइपुगेको छ ।

यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गरेका छन् ।

हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं आएको हो ।

पार्टी एकताको घोषणा गरेसँगै आन्तरिक कलहमा रुमलिएको नेकपाको विवाद समाधान गर्न यसअघि पटक पटक नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएपनि सफल हुन नसकेपछि राष्ट्रपति सी चिनफिङले विशेष दूत पठाएका हुन्

उपमन्त्री येचौको टोलीले दुई खेमामा विभाजित नेकपाका नेताहरुलाई एकताका लागि दबाव दिने स्रोतले बताएको छ । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई समेत भेट्न बताइएको छ ।

पार्टी विभाजनको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको नेकपाको विवाद समाधानका लागि नेपाल आएका येचौ कसको निमन्त्रणमा आएका हुन त्यो भन्ने खुलेको छैन । नेकपालाई फेरि जुटाएर यहाँ बढ्न सक्ने भारतीय र अमेरिकी प्रभावलाई न्यून गर्ने सोचका साथ चीनले सक्रियता बढाएको विश्लेषण गर्न थालिएको छ ।

यतिबेला नेकपाको एकताको सम्भावनाबारे खोजी गर्ने ‘म्यान्डेट’ सहित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको ४ सदस्यीय टोली नेपाल आइपुगेको छ ।विभाजन भइसकेको नेकपाको पुनः एकीकरणको सम्भावनाको खोजी गरिरहेको चीनले नेकपाका नेताहरुलाई मिलाउन सक्ने वा नसक्नेबारे भने यसै भन्न सकिन्न ।

साढे दुई वर्षअघिदुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएपछि खुसी बनेको चीन हालको विभाजनबाट अत्यन्तै चिन्तित बनेको पनि चिनियाँ अधिकारीहरुका नेपाल भ्रमण र राजदूतको सक्रियताबाट प्रष्ट हुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares