Saturday, April 18
Shadow

राजनिती

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १६ । नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो । ७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको छ । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी हुँदैछन् । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी हुँदैछन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले बिहान ९ बजे ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल छलफल गर्न लागेको हो । छलफलमा सभापति देउवासँगै नेता प्रदीप गिरी र डा बद्री गौतमबीचको बहसको सहजकर्ता डा। सुरेश आचार्यले गर्नेछन् । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँद...
नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

ब्यानर समाचार, राजनिती
  काठमाडौं, पुस १६ । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दल मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचन आयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको छ । ऐनका दफा ३३ ९२० अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको साथ चाहिन्छ । यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या छ । ऐनले दफा ४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरुपणको व्यवस्था गरेको छ । नेकपामा यतिबेला नाम, छाप, झण्डा र...
प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ , पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए । आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए । उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न, ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो । अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले...
प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १५ । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने चेतावनी पनि दिएका छन् । आज कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलामा ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति व्यंग्य गर्दै माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको बताए । साथै उनले नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाए पनि आफूले नेपालमाथि कुनै कमेन्ट नै नगर्ने बताए। भेलालाई सम्बोधन गर्दैन ओलीले भने, ‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको...
नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्र

नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्र

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको एक बैंकका सीईओले जानकारी दिए । उनका अनुसार नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएका छ । नेकपा (ओली समूह)ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।...
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १५ । आन्दोलनमा होमीएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको बताएको छ । संसद विघटन गरेको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए । प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।...
चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १५ । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ । सत्तारुण् नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौँ उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पगेको अवसरमा यहाँका राजनीतिक दलहरुसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगको सबै भेटमा चिनियाँ अधिकारीहरुले नेपालमा विकसित राजनीतिक अस्थितरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो । चिन...
पद वा स्वार्थका लागि नभई संविधानको रक्षाका लागि आन्दोलन :  नेता रावल

पद वा स्वार्थका लागि नभई संविधानको रक्षाका लागि आन्दोलन : नेता रावल

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको बताए । नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे । नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।” यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कुनै पनि हालतमा फुट्न नहुने बताएका छन् । नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई ...
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् ।उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘संसदीय दलको विधानअनुसार कारबाही गरिएको हो ।’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको बताए । पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए । नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्त...
 प्रधानमन्त्रीका  विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

 प्रधानमन्त्रीका विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्रीले गरेका अत्याचार विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले आफ्नो पार्टी सडकमा आएको बताएका छ्न। आज भएको बिरोध प्रदर्शनमा बोल्दै प्रचण्डले सडकमा आउने नसोचेर नै  बताएका उनले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने नसोचेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...