Thursday, April 25
Shadow

नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्र


  • -इ
  • इ+

काठमाडौं पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको एक बैंकका सीईओले जानकारी दिए ।

उनका अनुसार नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएका छ ।

नेकपा (ओली समूह)ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares