Friday, March 29
Shadow

प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी


  • -इ
  • इ+

काठमाडौँ, पुस १५ । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने चेतावनी पनि दिएका छन् । आज कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलामा ओलीले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति व्यंग्य गर्दै माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको बताए ।

साथै उनले नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाए पनि आफूले नेपालमाथि कुनै कमेन्ट नै नगर्ने बताए।

भेलालाई सम्बोधन गर्दैन ओलीले भने, ‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको बताए।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares