Thursday, April 25
Shadow

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध


  • -इ
  • इ+

काठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन ।

आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन् ।

नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए ।

साथै पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

यसैबीच सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेकपा विभाजन हुँदा आफ्नो मुटु फुटेको अनुभव भएको बताएका छन् ।शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनमा दलका तर्फबाट मन्तव्य राख्दै शर्माले सो कुरा बताएका हुन् ।

उनले पार्टी एकता हुँदा आफू र नेपाली जनता पनि खुसी भएको भन्दै आज पार्टी फुट्दा वा फुटको संघारमा पुग्दा मुटु फुटेको अनुभव भएको बताए ।

उनले प्रतिनिधि सभा नभएका बेला यो सभाले खवरदारी गर्ने, नीति निर्मााणमा सहयोग गर्ने तथा जनताका आवाज संयमित र मर्यादित ढंगले उठाउने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares