Saturday, April 20
Shadow

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् ।

नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ ।

मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् ।

राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares