Thursday, March 28
Shadow

पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह


  • -इ
  • इ+

काठमाडौं , पुस १७ । निर्वाचनको तयारीमा लाग्न राजनीतिक दलहरुलाई सरकारले आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे ।

उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे ।

मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम मान्यता प्राप्त हुने उनको भनाई छ ।

मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउने तर्फ सजग हुनुपर्ने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares