Tuesday, April 23
Shadow

ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्ने भएको छ ।

बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् ।

उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । यता नेकपाको प्रचण्ड(नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares