Wednesday, May 1
Shadow

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् ।

नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारतीय सेना प्रमुख र विदेश सचिव साथै रअ प्रमुखले नेपाल भ्रमण गरिसकेका छन् ।

राजनीतिक अस्थिरता र सीमा विवाद कायम रहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई भारतीय मिडियाहरुले समेत विशेष चासोका साथ प्राथमिकता दिएको देखिएको छ ।

नेपाल सरकारले भने आधिकारिक रुपमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण बारे जानकारी अझै दिएको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares