काठमाण्डौं, पुष २१
प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनअसंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ।
प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको हो ।
कांग्रेसले आगामी पुस २५ गते शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । यस्तै माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकहरुमा विरोध गर्ने तयारी कांग्रेसको छ ।
यसैगरि माघ ८ गते बिहीबार देशैभरका ७५३ पालिकका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने छ ।